काठमाडौं । नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १११.०१ अंकले बढेर २६२३.६२ विन्दुमा पुगेर बन्द भएको छ ।आइतबार ३२९ वटा कम्पनीको २ करोड ३२ हजार २२४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ९ अर्ब १७ करोड ९५ लाख पुगेको छ ।
यसदिन बजार पुँजीकरण रकम ४३ खर्ब ८५ अर्ब ९९ करोड रहेको छ । यस दिन ११ वटा समूह बढेको र २ वटा घटेको छ । वाणिज्य बैंक ६०, विकास बैंक ३२३, वित्त १२४, होटल पर्यटन १४५, जलविद्युत १८६, लगानी ८, जीवन बीमा ६६७, उत्पादन र प्रशोधन ३३९, व्यापार ३०७ र अन्य समूह ३७ बढेको हो। लघुवित्त ०.१४, निर्जीवन बीमा ४६० अंकले घटेको हो ।
यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स ,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड , शिवम सिमेन्ट्स लिमिटेड र हिमालयन डिस्टिलरी लिमिटेड रह्यो । नेपाल रिइन्स्योरेन्सको ८३ करोड १३ लाख, हिमालयन रिइन्स्योरेन्स ४८ करोड २६ लाख ,गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले ३० करोड ४८ लाख, शिवम सिमेन्ट्स लिमिटेड २७ करोड १ लाख र हिमालयन डिस्टिलरी लिमिटेडले २४ करोड ७ लाख बराबर कारोबार भएको छ ।