आइएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई ओम कपन डेन्टलमा ५० प्रतिशत सम्म छुट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले अब ओम कपन डेन्टलमा स्केलिङमा ५०% सम्म छुट प्राप्त गर्न सक्ने भएको छन् ।  साथै, अन्य सेवामा(चेकअप तथा उपचार सेवा) २५ % छुट दिने गरी सम्झौता पनि भएको छ ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले मोबाइल एप (IME LIFE Mobile app)मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्ने कम्पनीले जनाएको छ  ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार