
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा खाना बनाउने ग्यासको अनावश्यक भण्डारण नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ। निगमले बुधबार विज्ञप्तिमार्फत आवश्यक परिमाणमा मात्र ग्यासको खरिद तथा प्रयोग गर्न उपभोक्तालाई अनुरोध गरेको हो।
मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न भन्दै निगमले ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको छ। “औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्ने, इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित भइरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने भए पनि विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई मध्यनजर गरी आवश्यक परिमाणमा मात्रा इन्धन तथा ग्यास खरिद गर्न एवं अनावश्यक भण्डारण नगर्न अनुरोध छ,” निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
निगमले कसैले अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ (भण्डारण) गरेको पाइएमा, बढी मूल्य लिई ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा, नयाँ सिलिन्डरको बजारीकरण गरेको पाइएमा कानुनबमोजिम कारबाहीको चेतावनी पनि दिएको छ।














समाचार
एनपीएल २०२६ को मिति घोषणा, कात्तिक ९ देखि सुरु हुने
ओमानमा नेपाली उत्पादनको बजार विस्तार गर्ने समझदारी
ग्यासमा कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण