
काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या न्यूनीकरणका लागि नयाँ व्यवस्था ल्याएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाता व्यवस्थापनसम्बन्धी कार्ययोजना बनाएर लागू गर्न निर्देशन दिएको हो। राष्ट्र बैंकले शुक्रबार जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाले २०८३ पुस मसान्तसम्म निष्क्रिय खाता न्यूनीकरणसम्बन्धी कार्ययोजना लागू गर्नुपर्ने व्यवस्था गरेको छ।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले सक्रिय खाता निष्क्रिय हुनुअघि नै ग्राहकलाई नियमित जानकारी गराउनुपर्नेछ। यसका लागि एसएमएस, मोबाइल बैंकिङ, इमेललगायतका माध्यम प्रयोग गरी ग्राहकलाई सचेत गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, निष्क्रिय भइसकेका खाता पुनः सक्रिय गराउन बैंक तथा वित्तीय संस्थाले कम्तीमा ६ महिनाको अन्तरालमा सम्बन्धित ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्नेछ। यस्तो सम्पर्क तथा सूचनाको अभिलेखसमेत सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले ग्राहकलाई खाता बन्द गर्ने प्रक्रियासमेत सहज बनाउन निर्देशन दिएको छ। अब ग्राहकले नेपालभर रहेका बैंकका जुनसुकै शाखा कार्यालय वा डिजिटल माध्यमबाट खाता बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ।
ग्राहकले खाता बन्द गर्न अनुरोध गरेमा उक्त खातामा रहेको मौज्दात रकम ग्राहकले रोजेको अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गर्नुपर्नेछ। त्यसैगरी, निष्क्रिय खाता पुनः सञ्चालन गर्न चाहने ग्राहकले नेपालभरका जुनसुकै शाखाबाट सहज रूपमा पहिचान गरी खाता सक्रिय गर्न सक्ने व्यवस्था मिलाउनुपर्नेछ। राष्ट्र बैंकले निष्क्रिय भएर पुनः सञ्चालन भएका खाताबाट हुने अस्वाभाविक कारोबारको निगरानी गर्न छुट्टै प्रणाली विकास गर्न पनि निर्देशन दिएको छ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै