
काठमाडौं । नेपाल बीमा प्राधिकरण र संयुक्त अधिराज्यस्थित बीमाङ्कीय संस्था इन्स्टिच्युट एण्ड फ्याकल्टी अफ एक्च्युरिज (आईएफओए) को सहभागितामा एक्च्युरियल सोसाइटी अफ नेपालद्वारा आज ललितपुरमा नेपालको बीमा क्षेत्रमा बीमाङ्कीय विज्ञताको विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपालमा बीमाङ्कीय विज्ञता विकासका सम्बन्धमा छलफल गरी सुझावहरू प्राप्त गर्ने उद्देश्यले नेपाल बीमा प्राधिकरण, आईएफओए, ग्लोवल एक्च्युरियल इनिसिटिभ, बीमक, एक्च्यिुरियल सोसाइटी अफ नेपाल र बीमाङ्कीय विश्लेषकहरूबीच अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाङ्कीहरूको भूमिका विशेषगरी बीमा क्षेत्रमा व्यवसायको प्रकृति र जटिलताका कारण झनै महत्वपूर्ण रहेको बताए । अध्यक्ष ओझाले बीमाङ्कीहरूको विज्ञता उजागर गर्न, बीमा व्यवसायलाई थप गति दिन र बीमितहरू ढुक्क हुने वातावरण निर्माण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष ओझाले कार्यक्रममा आउने नयाँ दृष्टिकोण र विचारहरू बीमाङ्कीय पेशालाई नयाँ उचाई दिन महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा क्षेत्रमा वित्तीय स्थायित्वलाई सुनिश्चित गर्न, प्रभावकारीरूपमा जोखिम व्यवस्थापन गर्न र दिगो वृद्धि हासिल गर्नका लागि बीमाङ्कीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यकारी निर्देशक सुवेदीले नेपालमा बीमाङ्कीको न्यूनताका कारण देखिएका चुनौतीहरूलाई सम्बोधन गर्नका लागि प्राधिकरणले क्षमता अभिवृद्धि कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी र नियामकीय सुरपरीक्षणको सुदृढीकरण जस्ता कार्यलाई प्रवद्र्धन गर्दै आएको जानकारी दिए । आईएफओएका अध्यक्ष कार्टिना ताहिर थोम्सनले नेपालमा बीमाङ्कीय विज्ञताको विकासका लागि नियाकका रूपमा नेपाल बीमा प्राधिकरणबाट भएको प्रयास सह्रासहनीय रहेको उल्लेख गर्दै यसका लागि आवश्यक सहयोग गर्ने तत्परता व्यक्त गरे ।
ग्लोवल एक्च्युरियल इनिसिटिभ (जीएआईएन) का निर्देशक क्विनी चोउले बीमाङ्कीको दक्षता अभिवृद्धिका लागि प्राधिकरणसँग हुँदै आएको सहकार्यबाट आफूहरु उत्साहित रहेको बताउँदै आगामी दिनमा यस किसिमको सहयोगलाई अझै सघनरूपमा अघि बढाउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पुजन ढुङ्गेल (अधिकारी) ले नेपालमा बीमाङ्कीय दक्षता अभिवृद्धिका लागि प्राधिकरणबाट भएका पहल र जीएआईएनसँगको आवद्धताबाट प्राप्त उपल्रब्धीहरूका बारेमा प्रस्तुती गरेकी थिइन् ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारी, आईएफओएका पदाधिकारी, ग्लोवल एक्च्युरियल इनिसिएटिभका सदस्य, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका पदाधिकारी, एक्च्यिुएरिल सोसाइटी अफ नेपालका सदस्य, त्रिभुवन विश्वविद्यालयका एक्च्यिुएरिल विज्ञानका विद्यार्थी र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका एक्च्यिुरियल प्रवन्धक र एक्च्युरियल विश्लेषकहरूको सहभागिता रहेको थियो ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू