नेप्से परिसूचक ५८.६३ अंकले बढ्यो, कारोबार रकममा भने गिरावट

काठमाडौं । नेप्से परिसूचक ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार ३२८ वटा कम्पनीको १ करोड १३ लाख ५३ हजार १४८ कित्ता सेयर खरिदबिक्री भएको छ । यता, कारोबार रकम भने आइतबारको तुलनामा ३ अर्ब ८८ करोडले घटेको छ । उक्त रकम घटेर ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ कायम भएको छ ।

यसदिन बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब १ करोड रुफैयाँ पुगेको छ । मंगलबार  सबै उप-समूह बढेका छन् । वाणिज्य बैंक १९.२३ अंक, विकास बैंक १६७, वित्त ५०.३२, होटल तथा पर्यटन १७८, हाइड्रोपावर ११२, लगानी २ , जीवन बीमा २८७.४९, उत्पादन तथा प्रशोधन ८२.३१, लघुवित्त १२६, म्युचल फण्ड ०.१२,अन्य समूह ६१.४० र निर्जीवन बीमा ३८२.२६ अंकले बढेको छ ।

यस दिन नेपाल रिइन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । त्यसपछि,  यूनिभर्सल पावर कम्पनी , हिमालयन डिस्टिलरी लिमिटेड, शिवम सिमेन्ट्स लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर किनबेच भएको छ ।

नेपाल रिइन्स्योरेन्सको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यूनिभर्सल पावरको  १८ करोड ३० लाख, हिमालयन डिस्टिलरी लिमिटेड १८ करोड १६ लाख, शिवम सिमेन्ट्स लिमिटेड १६ करोड ६४ लाख र हिमालयन रिइन्स्योरेन्सको भने १५ करोड ७२ लाख बराबर सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार