पशुपंक्षिको आत्माको शान्तिको कामना सहित मणिबुम पुजा हुने

काठमाडौं । पशुपंक्षिको आत्माको चिर शान्तिको कामना गर्दै मणिबुम पुजा आयोजना हुने भएको छ । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको आयोजनामा यहि असोज १३ गते सोमबार उक्त कार्यक्रम हुने भएको हो ।

यस्तो कार्यक्रम समाजले हरेक वर्ष आयोजना गर्दै आएको छ । यो वर्ष पनि चाडपर्वको समयमा लाखौँ पशुपंक्षिको वध हुने भएकाले उनीहरुको चिरशान्तिको कामना गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।कार्यक्रम सिन्धुपाल्चोक शेर्पा समाज सेवाको भवन गुम्बामा आयोजना हुने छ । कार्यक्रम बिहान ८ बजे सुरु हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार