
कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्ने गरी माछाका भुरा छाडिएको हो ।
रुपा गाउँपालिका र पोखरा महानगरपालिका–३२ मा पर्ने रुपाताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएको संस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए ।
“विसं २०५८ मा ३६ जना शेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक सम्पदाको संरक्षण गरौँ, दिगो उत्पादनमा जोड दिउँ’ भन्ने मूल नाराका साथ यस वर्षलाई रजत वर्ष मनाउने घोषणा गरिएको हो”, अध्यक्ष थापाले भने ।
स्थापनाकालमा ३६ जना शेयर सदस्यको रु पाँच हजार शेयर पुँजीबाट एक लाख ८३ हजार ६०० बाट सञ्चालित संस्था अहिलेसम्म आइपुग्दा एक हजार ५१ शेयर सदस्यमार्फत रु चार करोड २० लाख ४० हजार शेयर पुँजी बनाउन सफल भएको उनले जानकारी दिए ।
तालमा माछाको भुरा छोड्दै बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा मोहम्मद इकवाल हुसेनले तालको प्राकृतिक साैन्दर्यतालाई नबिगारी तालमार्फत आयआर्जनमा जोडिने गरी माछापालनलाई अगाडि बढाइएको बताए । ताल मानव जातिका साथै जलचर प्राणीका लागि अनिवार्य भएकाले यसको सौन्दर्यलाई नबिगारी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । उनले तालमा माछाको साथमा सिपीबाट मोती निकाल्न सकिने परीक्षण सफल भएकाले रुपाताल माछाका लागि मात्र नभई सिपीका लागि पनि प्रमाणित भएको तथ्य प्रस्तुत गरे ।
सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले स्थापनाकालदेखिको अवस्था र सहकारीको जोडबलमा नेपाल सरकारबाट रुपताल संरक्षणको परियोजना ल्याउन सफल भएको धारणा राखे । कार्यक्रममा पूर्वअध्यक्ष शिवराज अधिकारीले पुराना अनुभवीको साथ र नयाँको जोशलाई भरपुर रूपमा उपयोग गरी यस ताललाई कसरी सुन्दर र आकर्षक बनाउन सकिन्छ भन्नेबारेमा साझा अवधारण बनाउनुपर्ने सुझाव दिए ।
संस्थाका अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली अधिकारीले रुपाताल पर्यटकीय रूपमा महत्त्वपूर्ण गन्तव्य रहेको बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम