बीमा प्राधिकरणका नयाँ अध्यक्ष शर्माद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष जनकराज शर्माले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् ।

असोज ९ गतेको मन्त्रिपरिषद् बैठकले शर्मालाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो । पदभार ग्रहण गर्दै अध्यक्ष शर्माले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कडाई गर्ने निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार