यती एअरका सबै उडान रद्द

काठमाडौं । मौसममा आएको प्रतिकूल अवस्थाका कारण यती एयरले आजका सबै उडान रद्द गरेको छ । यती एयरले एक सूचना जारी गर्दै आजका सबै उडान बन्द गरेको जानकारी गराएको हो ।

‘प्रतिकूल मौसमका कारण यती एअरलाइन्सको आजका सम्पूर्ण उडानहरु रद्द भएको जानकारी गराउँदछौं । यसबाट यात्रुवर्गमा पर्नजाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौं । धन्यवाद,’ सूचनामा भनिएको छ ।

अविरल परेको वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । विभिन्न राजमार्गहरू अवरुद्ध बनेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार