
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रूपन्देही जिल्लाको सियारी ६, बर्दहवास्थित श्री दुर्गा देवी माध्यमिक विद्यालयको परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
उक्त स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग, नाक, कान तथा घाँटी रोग, आन्तरिक रोग र दाँत तथा मुख रोग परीक्षण गरिएको थियो । लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल, बुटवलको प्राविधिक सहयोगमा सम्पन्न उक्त स्वास्थ्य शिविरमा कुल ६०० भन्दा बढीले स्वास्थ्य परीक्षण गरएका थिए । कार्यक्रमको मुख्य उद्घेश्य समुदायमा रहेका व्यक्तिहरुलाई प्रारम्भिक चरणमै स्वास्थ्य समस्या पहिचान गर्न सहयोग पु¥याउन, स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्घि गर्नु तथा रोकथाम गर्न रहेको थियो ।
सहभागीहरुलाई स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझावहरु लुम्बिनी हस्पिटल, लुम्बिनी नेत्रालय तथा हरे कृष्ण डेन्टल, बुटवलका डा. सम्राट पराजुली र डा. आलोक थैव, डा. जीवन आत्रेय र डा. अनिता पुन, डा. कृष्णबहादुर श्रेष्ठ र डा. विश्व तुलाचन, डा. प्रकाश भट्टराई र डा. स्मिता दर्लामीेले प्रदान गरेका थियो ।
कार्यक्रममा बोल्दै बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले यस्ता स्वास्थ्य शिविरहरूले समुदायको स्वास्थ्य स्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै बैंकले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी, बुटवल क्षेत्रीय प्रमुख हेमन्त बाबु आचार्यले स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउँदै स्थानीय समुदायसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै जाने धारणा व्यक्त गरे । कार्यक्रमप्रति स्थानीय समुदायले सकरात्मक प्रतिक्रिया जनाउँदै बैंक तथा स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम