खोलाले बगाउँदा एक महिलाको मृत्यु

मुगु । यहाँको खत्याड गाउँपालिका–११ स्थित खत्याड खोलाले बगाउँदा आज एक महिलाको मृत्यु भएको छ । खोला तर्ने क्रममा चिप्लिएर खोलामा खसेकी डाडियामकी २२ वर्षीया बिष्णु रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अच्यूत आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार रावललाई खोलाले बगाएर एक किलोमिटर भन्दा तल पु¥याएको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा उनको शव फेला पारिएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार