रिभर फल्स पावरको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले १ बराबर १ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७० लाख कित्ता हकप्रद सेयर निष्कासन गरिरहेको छ । यस हकप्रद सेयरमा साउन २२ गतेसम्म कायम सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । यसअघि असोज १३ गतेसम्म मात्रै आवेदन दिन पाउने भनिएकोमा म्याद थपेर असोज २६ गतेसम्म कायम गरिएको थियो ।

इच्छुक सेयरधनीले प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय र प्रभु बैंकको बेशिशहर, पोखरा, वीरगंज, ईलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयका साथै मेरो सेयर प्रयोग गरी सजिलै आवेदन दिन सक्नेछन् । यसमा हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार