सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार रकम करिब ५ अर्ब

काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । अघिल्लो दिन ३.०५ प्रतिशतले घटेको बजार आज भने ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा कायम भएको हो । यो अघिल्लो दिनको भन्दा १.७६ प्रतिशतले धेरै हो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ५.१४ अंकले बढेर ४४४.५४ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये सबैको सेयर मूल्य बढेको हो । आज सेयर बजारमा २०० कम्पनीको सेयर मूल्य बढेको छ भने ४४ कम्पनीको घटेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।

परिसूचक बढे पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज करिब ५ अर्बको कारोबार भएको छ । सोमबार सेयर बजारमा ३३० कम्पनीका ९९ लाख ४ हजार ८७४ कित्ता सेयर ४८ हजार ८३६ पटक खरिद बिक्री हुँदा ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार