दुई महिनामा बीमा प्राधिकरणमा ३२ उजुरी

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपाल बीमा प्राधिकरणमा ३२ वटा उजुरी दर्ता भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको साउन र भदौ महिनामा उक्त संख्यामा उजुरी परेका हुन् ।

प्राधिकरणका अनुसार दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा उजुरी दर्ता भएका छन् । प्राधिकरणका अनुसार गत आवको ३९४ गरी कुल ४२६ वटा उजुरी दर्ता भएका हुन् । हालसम्म प्राधिकरणले २३ वटा उजुरीको फैसला र ४ वटाको सहमति गरी २७ वटा उजुरी फछ्र्यौट गरेको छ ।

हाल फछ्र्यौट हुन बाँकी उजुरीको संख्या ३९९ वटा रहेको छ । गत आवको यही अवधिमा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए । जसमध्ये ८५ वटा उजुरीको फैसला र ४६ वटा उजुरीको सहमति गरी १३१ वटा उजुरी प्राधिकरणले फछ्र्यौट गरेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार