
काठमाडौं ।अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले नाडाको विधान २०७१ (संशोधनसहित) अनुसार हालै सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो। उक्त निर्वाचन २०८२ पुस २५ गते काठमाडौंमा सम्पन्न भएको थियो।
नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् भने निवर्तमान अध्यक्षमा करणकुमार चौधरी रहेका छन्। संस्थागत उपाध्यक्षमा मन्द भण्डारी र गणेशप्रसाद भट्टराई तथा उपाध्यक्षमा विक्रम सिंघानिया र अञ्जित ज्योति चयन भएका छन्।
त्यस्तै महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल र सहकोषाध्यक्षमा निर्मणी पाठक रहेका छन्।
संस्थागत सदस्यहरूबाट प्रदेश सदस्यका रूपमा दिलीपराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुकार ओझा चयन भएका छन्।
साधारण सदस्यतर्फ अनुपकुमार बराल, तेजनाथ खनाल, दीपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नवीनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुर, विकास जोशी र विमल साह चयन भएका छन्।
यसैगरी अध्यक्षबाट दीपककुमार अग्रवाल, महेश पाल र राजेन्द्रप्रसाद गिरीलाई सदस्यमा मनोनयन गरिएको छ।
यसै अवसरमा नाडाले पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ।












समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने