एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकको ३१औं वार्षिक साधारणसभा आज भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ ।

उक्त सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ । त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरेर निजको पारिश्रमिक निर्धारण गर्ने र आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज २४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ असोज २३ गतेसम्म नेप्सेमा कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार