
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बाट आईएमई लिमिटेड बाहिरिने भएको छ । आईएमई लिमिटेडले आफ्नो नाममा रहेको सम्पूर्ण संस्थापक सेयर बिक्रीमा राख्दै बैंकबाट बाहिरिने निर्णय गरेको हो ।
निफ्रामा आईएमई लिमिटेडको ०.५० प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता संस्थापक सेयर स्वामित्व रहेको छ । कम्पनीले उक्त सबै सेयर बिक्रीका लागि प्रस्ताव गरेको हो ।
बैंकले ती सेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा आईएमई लिमिटेडले कुल १६ करोड २० लाख रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेको छ ।
उक्त सेयर सर्वसाधारणसहित इच्छुक जो–कोही व्यक्ति वा संस्थाले खरिद गर्न सक्नेछन् । सेयर खरिद गर्न चाहने लगानीकर्ताले ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । बैंकका अनुसार सेयर खरिदका लागि आवेदन दिने व्यक्ति वा संस्थाले सम्पूर्ण सेयरका लागि नै आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना