
काठमाडौं । नेपालको सार्वजनिक ऋण २५ खर्ब भन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार देशको कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड रुपैयाँ पुगेको हो । यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को ४४.४६ प्रतिशत हो ।
कार्यालयका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै नेपालको सार्वजनिक ऋणमा १ खर्ब २ अर्ब ३ करोड रुपैयाँ थपिएको छ । हाल कुल सार्वजनिक ऋणमध्ये १२ खर्ब ३४ अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण छ भने १३ खर्ब १ अर्ब ४१ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । चालू आर्थिक वर्षमा सरकारले सार्वजनिक ऋणको वार्षिक लक्ष्य ५ खर्ब ४७ अर्ब रुपैयाँ तोकेको थियो । पुस मसान्तसम्म २ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ ऋण प्राप्त भएको छ । यसमा आन्तरिक ऋण १ खर्ब ८१ अर्ब पाँच करोड र बाह्य ऋण ५९ अर्ब ३ करोड रुपैयाँ रहेको छ ।
सरकारले बाँकी अवधिमा ३ खर्ब ६ अर्ब ९१ करोड रुपैयाँ ऋण प्राप्त गर्ने लक्ष्य राखेको छ । आन्तरिक ऋणका लागि राष्ट्रिय बचतपत्र, नागरिक बचतपत्र, ट्रेजरी बिलजस्ता साधन अपनाइन्छ भने बाह्य ऋण एसियाली विकास बैंक, विश्व बैंक र अन्य देश तथा अन्तर्राष्ट्रिय संस्थाबाट लिइने गरेको छ ।
ऋणको वृद्धि र भुक्तानी खर्च बढ्नुका पछाडि सरकारको खर्च व्यवस्थापन प्रमुख कारण रहेको बताइएको छ । चालू आर्थिक वर्षमा ऋण सेवा खर्च (साँवा र ब्याज)का लागि चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। पुस मसान्तसम्म एक खर्ब ८२ अर्ब ४० करोड रुपैयाँ भुक्तानी भइसकेको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह