
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रीज लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज बुधबार (कात्तिक १२ गते) बिहान हुँदैछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड का अनुसार, बाँडफाँड कार्य बिहान १०ः३० बजे सुरु हुनेछ ।
कम्पनीको आईपीओमा अत्यधिक चासो देखिएको छ । आवेदन दिने अन्तिम मिति असोज २९ गतेसम्म कुल १९ लाख ४२ हजार ६८२ जना आवेदकले जम्मा २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए ।
यो संख्या कम्पनीले सर्वसाधारणका लागि खुला गरेको सेयरभन्दा ६.६४ गुणा बढी हो। त्यसैले बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ । श्रीनगर एग्रीटेकले असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बिक्री गरी बाँडफाँड गरिसकेको छ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार