देश बनाउने हामीले नै हो, एक पटकको छलफलले पुग्दैन बारम्बार गर्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँगको त्रिपक्षीय वार्तामा एक पटकको छलफलले मात्रै नपुग्ने बताएकी छन् । सबैलाई विचार आदानप्रदान गर्न आग्रह गर्दै उनले देश आफूहरूले नै बनाउने र देश बनाउनका लागि एक पटकको कुराकानीले मात्रै नपुग्ने बताएकी हुन् ।

अहिले संवादको सुरुवात भएको उल्लेख गर्दै उनले यस्ता छलफलहरू बारम्बार हुनुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइदिँदैन । एक पटकको कुराकानीले हुँदैन, बारम्बार हुनुपर्छ । हामीले सुरुवात गरेका छौँ । आआफ्ना विचार राख्न म खुला गर्छु ।’

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार