
काठमाडौं । नेपाल एसीसी यू–१६ इस्ट कपको फाइनमा प्रवेश गरेको छ । मेलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगको हो ।
लेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । परिमार्जन यादवले ५९ रनको योगदान दिए । त्यस्तै शिवान्श बजगाईंले पनि २३ रनको योगदान दिए । ओपनर प्रसिद्ध जैसी २ रनमा आउट भए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए ।
त्यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले किफायती बलिङ गरेको थियो । पहिला ब्याटिङको निम्तो पाएको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन मात्र बनाउन सक्यो । मलेसियाका मोहम्मद फतुलले सर्वाधिक ३८ रन बनाए । कप्तान डिज पार्तोले १० रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १–१ विकेट लिए । गत संस्करणको फाइनलमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन भएको थियो । अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग खेल्ने छ । फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान