
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ । मुम्बईको घरेलु मैदानमा हिजो भएको खेलमा सम्पन्न खेलमा मुम्बईले चौथो हार बेहोरेको हो । बेङ्गलुरुले दिएको २२२ रनको लक्ष्य पछ्याएको मुम्बईले नौ विकेट गुमाउँदै २०९ रन मात्रै बनाउन सक्यो ।
मुम्बईका तिलक बर्माले ५६ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले ४२ रन जोडे । बेङ्गलुरुका क्रुनाल पाण्ड्याले चार विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बेङ्गलुरुले पाँच विकेट गुमाउँदै २२१ रन बनाएको थियो । बेङ्गलुरुका ओपनर विराट कोहलीले सर्वाधिक ६७ रन बनाए । कप्तान रजत पाटिदारले ६४ रन जोडे । मुम्बईका ट्रेन्ट बोल्ड र हार्दिक पाण्ड्याले समान दुई विकेट लिए ।
जीतसँगै बेङ्गलुरुले चार खेलबाट ६ अङ्कका साथ तेस्रो स्थानमा यथावत् छ । समान खेलबाट २ अङ्क जोडेको मुम्बई आठौं स्थानमा छ । आईपीएलमा आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जायन्ट्स तथा पञ्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्सबीच खेल हुँदैछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह