काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले २ लाख बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । फाइनान्सले संस्थापक सेयरधनी बिजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको जनाएको छ । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ । तर तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
