
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको उक्त भेटमा नेपाल र जर्मनीबीच द्विपक्षीय हित तथा मित्रताका विषयमा विचार आदान–प्रदान भएको थियो । प्रधानमन्त्रीमा कार्की नियुक्त हुनुभएपछि उनीहरुबीचको यो पहिलो भेट हो ।
यस क्रममा जर्मनीका राजदूत भोल्जले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सदा झैँ नेपालको प्राथमिकताअनुसार आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिए । प्रधानमन्त्री कार्कीले नेपालको राहदानी छपाइको जिम्मा पाएको जर्मन कम्पनीसँग सम्झौतामा भएको मिति अगावैदेखि राहदानी छपाइका लागि आवश्यक पहल गरिदिन आग्रह गरे । उनले नेपाली नागरिकलाई छिटोछरितो सेवा प्रवाह गर्ने यस कार्यमा जर्मन पक्षबाट सहयोग प्राप्त हुने विश्वास पनि व्यक्त गरे ।
जवाफमा राजदूत भोल्जले आफ्नो तर्फबाट कम्पनीलाई अनुरोध गरी यस विषयमा सक्दो पहल गर्ने बताए । भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत कूटनीतिक अधिकारीहरुको उपस्थिति थियो ।













समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै