
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाँगाझोली पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएको छ । नेपालीहरुको महानपर्व बडादसँैं नजिकिएसँगै दैनिक यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । धार्मिक पर्यटकीयस्थलको रुपमा परिचित यस क्षेत्रमा पर्यटकको आवागमन बढ्दै गएको छ ।
तीन खोले मन्दिर नजिकै झाँगाझोली रहेको छ । मन्दिर जानेआउने एवं भक्तजन र पर्यटकहरु झाँगाझोली आउन छुटाउँदैनन् । विशेष गरी साँझको समयमा पर्यटकको चहलपहल बढ्ने गरेको स्थानीय शङ्रप्रसाद अधिकारीले बताए । रातिको समयमा यहाँबाट गौरादेवी उद्यानको अवलोकन गर्न पर्यटक लालायित हुने गरेका उनको भनाइ छ ।
पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटरको दूरीमा झाँगाझोली रहेको छ । अधिकारीसहित तीनजनाले पर्यटकको आगमनलाई ध्यानमा राख्दै यहाँ करिब १७ रोपनी क्षेत्रफलमा रु दुई करोडको लगानीमा रिसोर्ट सञ्चालन गरेका छन् । दसैँ बिदा भएसँगै व्यवस्थित बाल उद्यानमा रमाउन यहाँ आउने बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ । राति १० बजेसम्म पर्यटक यहाँको मनोरम दृश्यमा रम्ने गरेका छन् । विशेष गरी जिल्लाको ऋषिङ, घिरिङ, भीमाद, म्याग्दे शुक्ला स्याङजा, पोखरा कोलाहल भएकाले शान्त वातावरणमा रमाउन आउने गरेका छन् । ‘अहिले दिनमा तीन सयसम्म पर्यटक घुम्न आउने गरेका छन’, अधिकारीले भने ।
झाँगाझोलीमा अर्गाानिक तरकारीखेती समेत सुरु गरिएको छ । करिब पाँच रोपनी क्षेत्रफलमा तरकारी खेती थालिएको रिसोर्ट सञ्चालक उज्वल पौडेलले बताए । यस क्षेत्रलाई घुम्न लायक स्थलको रुपमा विकास गर्न लागिएको उनले बताए । एकीकृत नमूना कृषितर्फ च्याउ र मौरी जडीबुटीको खेती थालिएको छ । बिहानको समयमा यस स्थानबाट देखिने हरियाली जङ्गलको मनमोहक दृश्य र खोलाको कलकल आवाज र शान्त एकान्तस्थलले पर्यटकलाई आनन्द दिलाउने गरेको छ ।
सरकारले पृथ्वीराजमार्गमा पर्ने खैरेनीटारदेखि झाँगाझोली चोकसम्म सडक कालोपत्र गर्न रु एक करोड विनियोजन गरेपश्चात ठेक्का सम्झौता भइसकेको छ । त्यसैगरी भवन विभागले झाँगाझोलीबाट दरगाउँ सडक खण्डमा कालोपत्र गर्न रु ५० लाख विनियोजन गरेको छ । सडक कालोपत्र गरिए यस क्षेत्रमा पर्यटकको आगमन अझै बढ्ने स्थानीयवासी बताउँछन् ।













समाचार
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’
उद्योगी–व्यवसायीलाई लाञ्छित गर्ने उद्योगमन्त्री यादवको अभिव्यक्ति आपत्तिजनक: महासंघ
कालिञ्चोक दर्शनले बोनस सेयर वितरणपश्चात हकप्रद जारी गर्ने
झण्डै १४ अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित