
काठमाडौं । हिमालयन बैंक लिमिटेडले १ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न पाँच जना संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ९९७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
जसमा ज्योतिकुमारी बेगानीको ७४ हजार ७५ कित्ता, सावित्री देवी अग्रवालको २६ हजार ४५४ कित्ता, सुरक्षा सिजापतिको ११ हजार १५६ कित्ता, मैया श्रेष्ठ बस्नेतको ५ हजार १४१ कित्ता र चिरञ्जीवि लाल अग्रवालको ३ हजार १७१ कित्ता सेयर रहेको छ ।
बैंकले यसअघि यी सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरेको थियो । तर तोकिएको म्यादसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । सेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति वा संघसंस्थाले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।











समाचार
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
सातादिनमा १.९८ प्रतिशतले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?
साता दिनमै सुनको मूल्यमा ३३ सयको गिराव, तोलाको कति ?
विश्वकप फुटबल : बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना