काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर नेप्से परिसूचक उच्च अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ३०.७५ अंकले बढेर २६३१.१४ विन्दुमा पुगेको हो ।
आज सेयर बजाराम २०५ कम्पनीको सेयर मूल्य बढेको छ भने ४२ कम्पनीको सेयर मूल्य घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.४१ अंकले बढेर ४५७.२२ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य घटेको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ ।
अघिल्लो कारोबार दिन ७ अर्ब माथिको कारोबार भएको थियो । आज भने ९ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१९ कम्पनीका २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ६८ हजार ११२ पटक खरिद बिक्री हुँदा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार ४२९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।