
काठमाडौं । नेपाल राष्ट्र बैंकले अभिभावकले सानै उमेरदेखि आफ्ना बालबालिकाको बैंक खाता खोली बचत गर्ने बानी बसाल्न आग्रह गरेको छ । सानै उमेरदेखि बालबालिकालाई बचत महत्त्व बुझाउन तथा अभिभावकले आफ्ना बालबालिकाको भविष्यका लागि वित्तीय योजना तयार गर्न उनीहरूको नाममा नै बैंक खाता खोल्न राष्ट्र बैंकले आग्रह गरेको हो ।
‘जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्रको आधारमा कुनै पनि बैंक वा वित्तीय संस्थामा यस्तो खाता खोल्न सकिन्छ । यसरी नाबालकको खाता खोल्दा ऊ कानूनी रूपमा बालिग नभएसम्म खाता सञ्चालनको अख्तियारी नाबालकको अभिभावक वा संरक्षकमा रहन्छ । नाबालक बालिग भएसँगै बैंक वा वित्तीय संस्थामा गई आधिकारिक हस्ताक्षरलगायत अन्य विवरण अद्यावधिक गराएपश्चात खाता सञ्चालनको अख्तियारी हस्तान्तरण हुन्छ,’ राष्ट्र बैंकले भनेको छ ।
बैंक खाता खोल्न उमेरको सीमा नहुने भएकाले सानै उमेरदेखि बालबालिकालाई बैंक खातासँग परिचित गराउँदै उनीहरूको वित्तीय चेतना अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थामा खाता खोली बचत गर्ने बानी बसाल्न राष्ट्र बैंकले आग्रह गरेको छ ।













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज