काठमाडौं । मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् ।
उनीहरुले मधेस प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरेका छन् । सो रिटको पेसी कातिक २५ गतेका लागि तोकिएको छ ।