
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ र ३ मा सुन्दर झरना रहेका छन् । प्रचार–प्रसार अभावका कारण पर्यटकको नजरमा नपरेका यी झरना मनमोहक छन् ।
करिब एक किलोमिटर आसपास सुन्दर तीन वटा झरना रहेका छन् । वडा २ र ३ सिमानामा रहेको लेगुवा खोलामा पचासदेखि १०० मिटर अग्ला तीन वटा छाँगा रहेका छन् । प्रशस्त पानी भएकाले निकै सुन्दर रहेको छ । त्यस्तै, लेगुवा झरनानजिक वडा नम्बर ३ तर्फ पथ्थरको बिचबाट दुई झरना झरेका छन् ।
करिब दुईसय मिटर अग्लो धोबीखोला झरना छ । जो पथ्थरमा ठोकिँदै झर्दा जोकोहीलाई मोहित पार्छ । त्यस्तै, सोही झरनानजिक अर्को एकसय मिटरभन्दा अग्लो झाँक्री झरना छ । पथ्थरको बिचबाट निस्किएको पानीले सबैलाई मोहित पार्छ । झरनाले जोकोहीलाई सहजै मोहित झरना हेर्न पुगेको धनकुटा नगरपालिका ४ का विपिन दाहालले बताए ।
झरना कोशी राजमार्गको चित्रे वसन्तपुर खण्डको दारेगौडाबाट लेगुवातर्फको सडक हुँदै करिब २० किलोमिटर यात्रापछि पुग्न सकिन्छ । त्यस्तै, लेगुवा बाट भने सोही सडक हुँदै करिब १५ किलोमिटर यात्रापछि गुन्न सकिने वडा २ का वडाध्यक्ष पदम रखाल मगरले बताए । पूर्वाधार निर्माणको काम पूर्ण नभइसकेको तथा प्रचार प्रसार अभावका कारण झरना ओझेलमा परेको उनको भनाइ छ ।
यता पालिका अध्यक्ष झरनालाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । अहिले झरना नियाल्न झोलुङ्गे पुल निर्माण गरिएको छ, त्यस्तै पहुँचमार्ग विश्रामालय आदि निर्माण गरिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह