
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फका १६ सांसद चयन गरेको छ। एमालेको केन्द्रीय सचिवालय बैठकले शनिबार १६ सांसद छानेको हो। जसअनुसार आदिवासी जनजातिबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, रामबहादुर थापामगर र कुलभक्त शाक्यलाई चयन गरेको छ।
उपमहासचिव लेखराज भट्टका अनुसार खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्र हमाल, यशुदाकुमारी बराल, गुरुप्रसाद बराल र पुष्पराज कँडेललाई चयन गरिएको छ। यसैगरी थारू समुदायबाट कृपाराम राना, दलित समुदायबाट विष्णुमाया विक र नीता घतानी तथा मधेसी समुदायबाट रिङ्ला यादव, यशोधाकुमारी यादव र चन्द्रेश्वर मण्डल छनोट भएका छन्। मुस्लिम समुदायबाट साजिदा सिद्दिकीलाई चयन गरिएको छ।
बैठकले पार्टी अध्यक्ष केपी ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समावेदना प्रकट गरेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना