
काठमाडौं । केएमसी स्कुलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३ विधामा विभिन्न २४ विद्यालयका ३२ टिमको सहभागिता रहने केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२–१२ र सिनियर गल्र्समा ८ टिमले भाग लिने छन् । सिनियर/जुनियर ब्वाइजलाई ४ तथा सिनियर गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले प्रतिभावान खेलाडीको पहिचान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी तयार गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे ।
केएमसीका निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापाले प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख ५० हजार रुपैयाँ खर्च हुने बताए ।
सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप एकेडेमी र सिनियर गल्र्समा रिब्स डिफेन्डिङ च्याम्पियन हुन् । माघ ३ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्टमा खेलाइने छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि