
काठमाडौं । विश्व कप विजेता अर्जेन्टिना इक्वेडेरसँग पराजित भएको छ । विश्व कप छनोटको अन्तिम खेलमा अर्जेन्टिना १–० इक्वेडरसँग पराजित भएको हो ।
पहिलो हाफमा इक्वेडरले धेरै आक्रमण गर्दा अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले दुई पटक उत्कृष्ट बचाउ गरे । लियोनार्दो बालेरदीले पनि पेनाल्टी बक्सबाट बचाउ गरे । तर अर्जेन्टिनाले धेरै अवसर सिर्जना गर्न सकेन । ६५औँ मिनेटमा निकोलास ओटामेन्डीले भ्यालेन्सियालाई पछाडिबाट धकेलेपछि रातो कार्ड पाए । यसका कारण उनले विश्वकपको पहिलो खेल गुमाउनेछन् । त्यसपछि कप्तानको जिम्मेवारी रोड्रिगो डे पउलले लिए ।
खेलको इन्ज्युरी समयमा निकोलास टाग्लियाफिकोको हेडर प्रयासमा उनको हात इक्वेडरियन खेलाडीको अनुहारमा लागेपछि भिएआरमार्फत इक्वेडरले पेनाल्टी पायो । मार्टिनेजले डाइभ गरे पनि भ्यालेन्सियाले गोल गरे । इक्वेडर १–० ले अगाडि बढ्यो ।
इक्वेडरका कैसिडोलाई पनि रातो कार्ड देखाइयो । अर्जेन्टिनाका प्रशिक्षक स्कोलिनी त्यसपछि जुलियन आल्भारेज, फ्रांको मास्तान्तुओनो, नाहुएल मोलीना र जियोभानी लो सेल्सोलाई मैदानमा उतारे । तर अन्तिम क्षणसम्म पनि अर्जेन्टिनाले बराबरी गोल गर्न सकेन र १–० को हार बेहोर्नुप¥यो । अर्जेन्टिना यसअघि नै विश्व कप २०२६ को लागि छनोट भइसकेको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम