उज्यालो नेपाल पार्टी मध्यमार्गी र उन्नत समाजबादको सोच राख्ने पार्टी हो : इ.शंकर ढकाल

काठमाडौं । उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य इ. शंकर ढकालले मध्यमार्गी सोचको पार्टी भएको बताएका छन् । पार्टी मध्यमार्गी सोचको रहेको र यसको गन्तव्य उन्नत समाजबाद रहेको उनले बताएका हुन् ।

यही सिद्धान्तबाट निर्देशित हुने र गुणस्तरीय पूर्वाधार र आर्थिक क्रान्ति नै पार्टीको सिद्धान्त रहेको उनको भनाइ छ । कुरा मात्रै गर्नेहरुको जमातमा काम गर्न सक्ने युवाहरुको जमातले यो पार्टी निर्माण गरेको उनले बताए । सबै वैकल्पीक शक्ति र पार्टी भित्रका राम्रा व्यक्तिहरुलाई पनि जोडेर अघि बढ्नका लागि पार्टी तयार रहेको उनको भनाइ छ ।

सहभागितामूलक लोकतन्त्र र बहुलबादमा पार्टीले विश्वास गर्ने उनको भनाइ छ । राइट व्यक्तिलाई राइट च्वाइसमा स्थान यो पार्टीले दिने उनी बताउँछन् । जातजाति सबैलाई जोडेर एकताको सन्तुलन कायम गर्ने उद्देश्य रहेको उनले बताए । शुसासन नै पार्टीको अर्जुन दृष्टि रहेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार