कर्णालीद्वारा चितवनलाई १६७ रनको लक्ष्य, पान्चालको ९० रन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्स र चितवन राइनोजक विरुद्धको खेलको पहिलो पारी सकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले चितवनलाई १६७ रनको लक्ष्य दिएको हो ।

पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीता ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाएसँगै चितवनले उक्त लक्ष्य पाएको हो । कर्णालीका लागि प्रियांक पान्चालले सर्वाधिक ९० रनको योगदान दिए । त्यस्तै पवन सराफले २७ रन बनाए । त्यस्तै माक्स ओडाउडले पनि टोलिका लागि २० रनको योगदान दिए ।

चितवनका लागि रवि बोपार, सैफ अली जैब र सोहेल तनभिरले एक–एक विकेट लिए । केही बेरमा चितवनले जबाफि ब्याटिङ गर्ने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार