
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली कर्णाली याक्सले हिल्टन काठमाडौंसँग हस्पिटालिटी पार्टनरका रुपमा सहकार्य गरेको छ।
कर्णाली याक्स स्पोटर्स प्रा.लि र हिल्टन होटल काठमाडौंबीच शनिवार सम्झौता भएको छ । एनपिएलको दोस्रो संस्करणका लागि कर्णाली याक्सको हस्पिटालिटी पार्टनर हिल्टन काठमाडौं हुनेछ ।
योसँगै प्रतियोगिता दौरान कर्णाली याक्सका खेलाडी तथा अफिसियल नक्सालस्थित हिल्टन होलटमा बस्नेछन् । सम्झौता पत्रका कर्णाली याक्स स्पोट्र्स प्रा.लिका प्रतिनिधि र हिल्टन होटलका प्रतिनिधिबीच हस्ताक्षर गरे । गत वर्ष पुस ६ गते सम्पन्न एनपिएलको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्म पुगेको थियो । दोस्रो संस्करणका लागि पनि टोलीले प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई निरन्तरता दिएको छ । यस्तै, कर्णाली याक्सले प्रतियोगिताको दोस्रो संस्करणका निम्ति मार्कीसहित सात खेलाडीलाई रिटेन गरिसकेको छ ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुलशन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीले रिटेन गरेको थियो । अघिल्लो सिजन भारतीय पूर्व ओपनर शिखर धवन अनुबन्ध गरेको कर्णाली याक्सले यो सिजन पनि चर्चित खेलाडी अनुबन्ध गर्ने जनाएको छ।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन