
काठमाडौं। उत्कृष्ट ब्याटिङ गर्दै नेपालले जिम्बावेविरुद्ध ६ विकेटको जित निकालेको छ । आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बावेले दिएको १३० रनको लक्ष्य १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
खेलको सुरुआत भने नेपालका लागि चुनौतीपूर्ण रह्यो। ५.३ ओभरमै नेपालले ४७ रन जोड्दा २ महत्वपूर्ण विकेट गुमाएको थियो। त्यसपछि मध्यक्रममा कप्तान इन्दु वर्मा र उपकप्तान पूजा महतोले सम्हालिँदो ब्याटिङ गर्दै ३५ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरे। तर कप्तान इन्दु वर्मा बोल्ड भएपछि उक्त साझेदारी लामो समय टिक्न सकेन।
नेपालका लागि उपकप्तान पूजा महतोले सर्वाधिक रनको योगदान दिँदै टोलीलाई जिततर्फ डोर्याइन्। कप्तान इन्दु वर्माले २३ बल खेल्दै १ छक्का र २ चौकाको मद्दतमा २२ रन बनाइन् । सीता रानामगरले ११ रन बनाउँदै इन्जुरीका कारण मैदान छाडिन्। बिन्दु रावलले १५ रन बनाइन् भने सम्झना खड्काले ९ रनको योगदान दिइन्। जिम्बावेका लागि जोसेफिने नकाई नकोमोले सर्वाधिक २ विकेट लिइन्। त्यस्तै नोमवेलो सिबन्दा र क्रिसटाबेल चाटोनज्वाले समान १–१ विकेट हात पारिन्।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि