काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पोखरा एभेन्जर्सले टस जितर पहिले बलिङ गर्ने निर्णय गरेसँगै सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो ।
सुदूरपश्चिमले पहिलो खेलमा काठमाडौ गोर्खाजलाई २९ रनले हराएको थियो भने पोखरा पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो । पोखरा आजको खेलमा पहिलो जितको खोजीमा छ । सुदूरपश्चिम भने लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
पोखरा एभेन्जर्सको टोली : कुशल भुर्तेल, दिनेश खरेल, किरणकुमार ठगुन्ना, सागर ढकाल, अविषेक तिवारी, आकाश चन्द, विपिन खत्री, सुमित वर्मा, आडम रोसिङटोन, डेनियल डाउथवेट, जिम्मी निसम ।
सुदूरपश्चिम रोयल्सको टोलीः दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, अविनास बोहरा, नरेन साउँद, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, क्रिस लिन, स्कट कुग्लिजिन, जोस ब्राउन, हरमित सिंह ।