काठमाडौं । आदिवासी जनजाति युवा महासंघ नेपालको संघीय परिषद सदसस्यमा संखुवासभाको भोटेखोला गाउँपलिका २ का टासीग्याल्जेन शेर्पा मनोनित भएका छन् । महासंघको कात्तिक २९ गते बसेको तेस्रो संघीय परिषद बैठकले उनलाई सदस्यमा मनोनित गरेको हो ।
महासंघले उनको मनोनयले आदिवासी जनताजि आन्दोलन र युवा महासंघलाई महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।