
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीद्वारा स्थापित नभएको स्पष्ट पारेका छन्। सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षको शपथग्रहण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
ओलीले पुष्पलाल र मनमोहन प्रतिष्ठानजस्ता केही संस्थाहरू पार्टीले नै स्थापना गरेको बताउँदै संस्थाहरू सामूहिक हुनु पर्नेमा जोड दिए। उनले भने, ‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, मनमोहन प्रतिष्ठान पनि पार्टीकै हो। तर, मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन, त्यो व्यक्तिले बनाएको हो। संस्थाहरू सामूहिक हुनुपर्छ, व्यक्तिगत हैन।’
उनका अनुसार, कुनै समय यस्तो अवस्था आयो जहाँ मदन–आश्रितको स्मृति मनाउन नपाइने, श्रद्धाञ्जली दिन नपाइने, जन्मदिनसम्म मनाउन रोक लगाइएको थियो। ‘त्यस्तो अप्ठ्यारो परिस्थितिमा फाउन्डेशनको आवश्यकता देखियो र त्यसैले स्थापना गरिएको हो,’ उनले स्पष्ट पारे। तर, उनले थपे, ‘यो फाउन्डेशन पार्टी वा आन्दोलनप्रति निष्ठा राखेर बनेको भने होइन।’
प्रधानमन्त्री ओलीले नेताहरूको नाममा प्रतिष्ठान स्थापना गर्ने तर पछि ती संस्थाहरू व्यक्तिले कब्जा गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने धारणा पनि राखे। उनले विगतमा प्रतिष्ठानहरू केही व्यक्तिले नियन्त्रणमा लिई आफूअनुकूल सञ्चालन गरेको, पद नछोड्ने, र संस्थालाई व्यक्तिगत प्रभाव विस्तार गर्ने माध्यम बनाइएको आरोप लगाए।
उनले भने, ‘यस्ता संस्थाहरू आन्दोलनप्रति निष्ठावान् हुनुपर्छ, विचार र परिवर्तनको पक्षमा उभिनुपर्ने हो। तर, कतिपय संस्थाहरू व्यक्तिको स्वार्थ पूर्तिका लागि बनाइएका भाँडो जस्तै भएका छन्, जुन स्वीकार्य छैन।’












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात