एनपीएलमा आज विराटनगर र चितवन भिड्दै 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैन । आजको खेलमा अपराजित रहेको विराटनगर किङ्स र चितवन राइनोज खेल्दैछन् ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपरान्ह ४ बजेदेखि शुरू हुनेछ ।

विराटनगर किंग्सको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने यो टोलीले दोस्रो संस्करणको तीन वटै खेलमा अपराजित रहँदै तालिकाको दोस्रो स्थानमा छ ।

यता पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवनले दोस्रो खेलमा लुम्बिनीविरुद्ध हार बेहोरेको थियो । विराटनगर आफ्नो अपराजित लयलाई कायम राख्ने योजनाका साथ मैदानमा उत्रिंदैछ भने राइनोज दोस्रो जित निकाल्ने रणनीतिका साथ मैदानमा आउनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार