काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त सेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन दिएकाले कम्पनीले सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै यो सेयर किन्न सक्नेछन् । सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।