काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १४५ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको हो ।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । बसिर अहमदले २८ रन बनाए भने साम हिटलेट २७ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे । पहिलो खेल खेलेका फाप डुप्लेसिसले १२ रन बनाए ।
बलिङमा शेर मल्लले ३ विकेट लिए । जेजे स्मिथ, अभिषेश गौतम र रुवेन ट्रम्पलमेनले एक एक विकेट लिए ।