राप्रपा मधेस प्रदेश सांसद कञ्चन विच्छालाई नहटाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेश सभाकी सांसद कञ्चन विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विच्छालाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको हो ।

उनी नेकपा (एमाले)को नेतृत्वमा सरकारमा मन्त्री बनेकी थिइन् । पार्टीको निर्णयविना एमाले नेतृत्वको सरकारमा सहभागी भएको भन्दै राप्रपाले सांसद विच्छालाई कारबाही गरेको थियो । त्यसविरुछ उनले मंसिर २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिएन् ।

त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले विच्छाको पक्षमा आदेश दिएको हो । यससँगै सर्वोच्चले कारण देखाउ आदेश पनि दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार