संसद विघटनविरुद्ध कांग्रेसले पनि गरायो सर्वोच्चमा रिट दर्ता, पुस २ गतेलाई पेसी

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिट निवेदन दर्ता भएको छ ।विघटित प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङ र अन्य केही सांसदका तर्फबाट वारेस रहेका श्रवणकुमार श्रेष्ठले आइतबार सर्वोच्चमा रिट दिएका थिए ।

उक्त रिटलाई सर्वोच्चले आज दर्ता गर्दै पेसी समेत तोकेको छ । सर्वोच्चले यसको पेसी पुस २ गतेका लागि तोेकेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार