प्रि ओपन सेसनमा करिब १ अंकले घट्यो नेप्से 

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९२ अंकले घटेर २६०८.१० विन्दुमा पुगेको हो ।

आजको प्रि ओपन सेसनमा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ कम्पनीको बढेको छ । त्यस्तै ४ वटाको भने यो सेसनमा स्थिर रहेको छ । आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.०५ अंकले घटेर ४४६.१३ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा ५९ कम्पनीका ३४ हजार ६४ कित्ता सेयर ९० पटक खरिद बिक्री हुँदा १ करोड ४३ लाख १ हजार ६२५ रुपैयाँको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार