
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर कारोबार भएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको बजार आज भने १७.५३ अंकले घटेर २७१४.०५ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ८५ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५५ अंकले घटेर ४६२.७१ विन्दुमा पुगेको छ । आज १३ वटा उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ ।
परिसूचक घटेको दिन साढे १४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका ३ करोड ५४ लाख ७७ हजार ९३९ कित्ता सेयर १ लाख ३८ हजार ८८३ पटक खरिद बिक्री हुँदा १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८६५ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो