हिमालय शेर्पा सांस्कृतिक केन्द्रद्वारा आयोजित २ महिने श्याब्रु तथा टुङ्ना प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
श्री बौद्दनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा भएको प्रशिक्षण कार्यक्रमको समापन समारोह बुधवार काठमाडौँमा गरिएको छ । टुङ्ना र श्याब्रु तालिम प्राप्त गरेका प्रशिक्षार्थीहरूले आफ्ना आकर्षक प्रस्तुतिहरू कार्यक्रममा राखेका थिए ।
प्रशिक्षार्थीको आकर्षक प्रस्तुतिपछि प्रमुख अतिथि श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले समितिले उचित ठाउँमा लगानी गर्दै आएको उल्लेख गर्दै, आवश्यक अध्ययन, योजना र दूरदर्शिताका साथ आर्थिक सहयोग निरन्तर प्रदान गरिने बताए । प्रशिक्षार्थी, प्रशिक्षक तथा आयोजक संस्थाको प्रस्तुतिबाट अत्यन्तै सन्तुष्टि मिलेको भन्दै लामाले यस्ता पहिचान संरक्षणमुखी गतिविधिमा निरन्तर लागिरहन हौसला पनि दिए ।
२ महिनाको श्याब्रु र टुङ्गना प्रशिक्षण सम्पन्न गर्न आर्थिक सहयोगमार्फत हौसला प्रदान गरिएकोमा श्री बौद्धनाथ क्षेत्र विकासलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि संस्कृति जोगाउने तथा विस्तार गर्ने अन्य योजनासहित अगाडि बढ्ने अध्यक्ष आङ्डोमा शेर्पाले बताइन्।
नारायणटारस्थित शेर्पा संघमा आयोजित समापन कार्यक्रममा २ महिने श्याब्रु तथा टुङ्ना प्रशिक्षण कार्यक्रममा सहभागि प्रशिक्षक, प्रशिक्षार्थी र प्रशिक्षण कार्यक्रम सफल बनाउन योगदान दिएकाहरुलाई कदर–पत्र तथा प्रमाण–पत्र प्रदान गरिएको थिो । हिमालयन शेर्पा सांस्कृतिक केन्द्रकी अध्यक्ष आङ्गडोमा शेर्पाले अध्यक्षता गरेको कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा प्रमुख अतिथि थिए ।
२ महिने प्रशिक्षणमा ४० जना श्याब्रु प्रशिक्षार्थी र २५ जना टुङ्गना प्रशिक्षार्थी रहेको संस्थाका महासचिव छोटी शेर्पाले जानकारी दिइन्
कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष, विभिन्न बौद्ध धर्मगुरुहरू, नेपाल शेर्पा महिला संघ, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा सञ्चार समूहका प्रतिनिधिहरू, आयोजक संस्थाका सल्लाहकारहरू, विभिन्न किडुगका गुवाहाहरू, समाजसेवी तथा समुदायका सरोकारवालाहरूको उल्लेखनीय उपस्थित रहेको थियो ।