
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकार र थाई समुदायले बुद्धधर्म र दर्शनको प्रचारप्रसार तथा लुम्बिनीको पर्यटन प्रबर्द्धनका लागि विभिन्न गतिविधिमार्फत योगदान पुर्याउँदै आएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा थाई सरकारका तर्फबाट धार्मिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय प्रबर्द्धनमा महत्वपूर्ण योगदान हुँदै आएको छ । यसले नेपाल र थाइल्याण्डबीचको बौद्ध धर्म एवं दर्शनले जोडेको हजारौं वर्षदेखिको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गरेको छ ।
थाई सरकारका तर्फबाट लुम्बिनीस्थित थाई विहारमार्फत लुम्बिनीको सांस्कृतिक, धार्मिक र पर्यटन प्रवद्र्धनसँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । यसअन्तर्गत भूकम्पले क्षति पु¥याएका विद्यालयका भवन निर्माण, भूकम्पपीडितका लागि सहयोग, विद्यालयमा शैक्षिक सामग्री वितरण, छात्रवृत्ति वितरण, स्वास्थ्य शिविर सञ्चालनजस्ता गतिविधि सञ्चालन गर्दै आएको थाई बौद्ध विहारको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बुद्ध धर्मको प्रचारप्रसारका लागि थाई सरकारको सहयोगमा लुम्बिनीमा रोयल थाई मन्दिर (विहार) निर्माण गरिएको छ । जुन थाई वास्तुकलाको उत्कृष्ट नमुना हो । यस मन्दिरको उद्घाटन सन् २०१७ मा थाई राजकुमारी महा चक्री सिरिन्धोर्नद्वारा गरिएको थियो । यससँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा औपचारिक रुपमा थाई सरकारको सहभागिता प्रारम्भ भएको मानिन्छ ।
लुम्बिनी थाई बौद्ध विहार एउटा सुन्दर र शान्त बौद्ध विहार विशेषगरी थाई शैलीको वास्तुकलामा बनेको छ । लुम्बिनीमा रहेका सबै अन्तरराष्ट्रिय विहारमध्ये सबैभन्दा आकर्षक र कलात्मक शैलीको मन्दिरमध्ये एक हो । लुम्बिनीमा निर्माण गरिएको कलात्मक यो गुम्बा निर्माणसँगै यहाँ हरेक वर्ष थाई बौद्ध भिक्षुहरू र तीर्थयात्री पर्यटकको आगमन हुने गरेको छ । थाई नागरिकका लागि बुद्ध जन्मस्थल धार्मिक आस्थाको प्रमुख केन्द्र बनेको छ । यसैले लुम्बिनी थाई पर्यटक र तीर्थयात्री दुवैका लागि महत्वपूर्ण गन्तव्य मानिन्छ । यहाँ हरेक वर्ष थाई सहयोगमा तीनमहिने वर्षावास कार्यक्रम, प्रवज्या गर्ने कार्यका लागि र मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचनका कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।
सन् २०२४ सेप्टेम्बरमा, थाइल्याण्डका १७ भिक्षुहरूले लुम्बिनीमा तीनमहिने वर्षावास (वर्षा यामको व्रत) बस्दै ध्यान र प्रवचनमा समय बिताएका थिए । लुम्बिनीको धार्मिक, सांस्कृतिक, पर्यटकीय प्रवद्र्धनमा थाई सरकारका तर्फबाट महत्वपूर्ण योगदान हुँदै आएको सदस्य सचिव सानुराजा शाक्य बताउनुहुन्छ । यसले नेपाल र थाइल्याण्डबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाएको छ । थाई सरकारको आर्थिक र प्राविधिक सहयोगमा शिक्षा, स्वास्थ्य तथा सम्पर्क सुधारका परियोजनाहरू समावेश छन् ।
यसैअन्तर्गत थाई सरकारका तर्फबाट गत वर्ष सन् २०२३ जुलाइमा, थाई चिकित्सा टोलीले लुम्बिनीमा स्थानीयका लागि निःशुल्क घुँडा शल्यक्रिया कार्यक्रम सञ्चालन गरी ३२ बिरामीलाई सेवा प्रदान गरेको थियो । यससँगै काठमाडौँस्थित तिलगङ्गा आँखा अस्पतालको सहयोगमा लुम्बिनीमा आँखा शिविर सञ्चालन गर्दै आएको छ । थाई समुदायले लुम्बिनीस्थित मेट्टा गुरुकूल स्कुलको भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । त्यसले स्थानीय बालबालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्न मद्दत पुर्याएको छ । यससँगै लुम्बिनी क्षेत्रका विभिन्न विद्यालयमा थाई बौद्ध विहारले विभिन्न किसिमले सहयोग प्रदान गर्दै आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्डको औपचारिक भ्रमणका क्रममा तीन दिनअघि भएका विभिन्न सम्झौतामध्ये कृषि र पर्यटन क्षेत्रका सम्झौता लुम्बिनी क्षेत्रलाई समावेश गरिएको छ । लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य थाइल्याण्ड सरकारका तर्फबाट पहिलेदेखि नै लुम्बिनी क्षेत्रमा कृषिमा लगानी गर्ने प्रस्ताव आएको र अहिले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले अब उनीहरुको कार्यक्रम आउने सम्भावना रहेको बताए ।
यससँगै बौद्ध पर्यटन प्रबर्द्धनमा सहकार्य गर्ने समझदारीअनुरुप लुम्बिनी पर्यटन प्रबर्द्धनमा थाई सरकारको लगानी बढाउने अपेक्षा गरिएको सदस्य सचिव शाक्यले बताए । सन् २०२५ को फेबु्रअरी महिनामा च हजार ६२० थाई पर्यटक बुद्ध जन्मस्थल लुम्बिनी आएका छन् । गत महिना लुम्बिनी आएका तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा बढी थाई पर्यटक हुन् । गत महिना लुम्बिनीमा विभिन्न धार्मिक गतिविधि भएकाले पनि विभिन्न बुद्धिष्ट मुलुकबाट आउने पर्यटकको सङ्ख्या बढेको हो । धार्मिक कार्यक्रमका कारण पनि थाइल्याण्डबाट आएका भिक्षुहरुको चहलपहल बढेको हो ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले गत फागुन १६ गतेदेखि एक हजार २०० नेपालीलाई प्रवज्या गर्ने कार्यका लागि र मायादवी मन्दिर परिसरमा त्रिपिटक वाचन कार्यक्रमका लागि थाइल्याण्डबाट बुद्ध धर्मावलम्बी आएका हुन् । एक महिनासम्म चलेको यी धार्मिक कार्यका लागि आर्थिक सहयोग थाइल्याण्डबाटै भएको थियो ।
लुम्बिनी भ्रमणमा आएका तेस्रो मुलुकका पर्यटकमध्ये थाइल्याण्डबाट आउने पर्यटकको सङ्ख्या दोस्रो स्थानमा रहेको छ । सन् २०२४ को फेब्रुअरीमा तीन हजार ९८१ थाई पर्यटक लुम्बिनी आएका थिए । सन् २०२३ को फेब्रुअरीमा तीन हजार ३६७ र कोभिडअघि सन् २०१९ मा छ हजार २०८ थाई पर्यटक लुम्बिनी आएका थिए।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू